Techie IT
२०८३ असार २९, सोमबार

जसपाका सांसद माओवादी केन्द्रमा प्रवेश


सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भित्र्याएका छन् । 

साह २०७४ को आम निर्वाचनमा सर्लाही–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए । 

उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट