Techie IT
२०८३ असार २९, सोमबार

जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्नेमा जोड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु  सबै राजनीतिक दलको दायित्व भएको बताए।

समजावादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरु त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा  अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको हो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट