रवि लामिछाने तारिख बुझ्न कास्कीमा, सोमबार रूपन्देही अदालतमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्न कास्की जाँदैछन् ।
आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ । त्यहाँ उनले तारिख बुझेर रूपन्देही पुग्नेछन् ।
सहकारी ठगी, संठठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट यसअघि ६५ लाख धरौटीमा बुझाएर रवि रिहा भएका थिए ।
यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर छुटेका उनी काठमाडौं र चितवन अदालतबाट पनि धरौटीमा रिहा भएका थिए ।
पर्सामा भने मुद्दा चलाउने तयारी भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस