दलहरूको प्रतिवाद
विरोधका कार्यक्रम घोषणा गर्दै समाजवादी मोर्चा
विप्लव काठमाडौं आउँदै
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चाले विरोधका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । उसले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्ने तयारी गरेको हो ।
हिजो (सोमबार) सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको उक्त मोर्चाको बैठकले विरोधका कार्यक्रम आज (मंगलबार) घोषणा गर्ने तयारी गरेको हो ।
आज दिउँसो ४ बजे मोर्चाको बैठक बस्नेछ । सो बैठकले विभिन्न विरोधका कार्यक्रम घोषणा गर्ने छ ।
यद्यपि मोर्चाका संयोजक विप्लव काठमाडौं उपत्यका बाहिर भएकोले विरोधका कार्यक्रम सार्वजनिक नगरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताए । उनका अनुसार विप्लव मंगलबार दिउँसो काठमाडौं आएपछि विरोधका कार्यक्रमहरू घोषणा हुनेछ ।
मोर्चाको बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको अकर्मण्यताले राजावादी र तिनका समर्थक सल्बलाएको र त्यसको फाइदा लिन खोजेको गुरुङले बताए ।
आइतबार काठमाडौं उपत्यकामा राजावादीहरूले प्रदर्शन गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस