Techie IT
२०८३ असार २९, सोमबार

पालिकाले गरेको काममा नाटकीय रूपमा जस लिंदै एमाले नेता दल बहादुर


बझाङ्गको दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले आज बिहान सामाजिक संजाल फेसबुकमा एउटा पोष्ट लेख्दैं पालिकाको आफ्नो टिमले गरेको काम लाई एमाले नेता दल बहादुर धामीले व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि दुर्गाथलीको केही वडामा विद्युतीकरणका लागि पहल गरेको भनि सामाजिक संजालमा प्रचार गर्नुले आफु अचम्मित भएको बताएका छन् ।

पालिका अध्यक्ष दिलबहादुर थापाका अनुसार "दुर्गाथली गाउँ पालिकाको जाफ्री टोल र अर्को बाइकाटे, छान्याखोला, सैन दौला, चुवाबन बिधुत लायन बिस्तारको लागि बिधुत प्राधिकरण बाट थप बजेट पालिकाबाट माग भै 
 १. ३१,००,०००/००
  २. १,५५,३१,६४१/६९  बजेट बिनियोजन भै लाईन बिस्तारको काम केहि दिनमा अगाडी बढ्दै छ  सामाजिक सन्जालमा  नेता , नेताका कार्यकताले प्रचार गलत प्रचार प्रसार गरेको देख्दा अचम्म लागेर आउन्छ यिनीहरु जन्म झुट्को राजनिती गर्न लाइ भएको हो कि जस्तो लाग्छ | नेपाल बिधुत प्राधिकरणको पत्रलाइ लाइ पनि राम्रो सग अध्ययन  गर्दा पनि प्रष्ट हुन्छ कि दुर्गाथली गाउँ पालिकाको मिती २०८१/०९/२४ चलानी न.४४३ बझाङ बितरण केन्द दर्ता न.२५१ को पत्र अनुसार बिनियोजन गरेको बजेटलाइ मैले  आफै बोकेर लिएको फायललाइ मैले गरे भन्न अलि लाज मानु पदैन नेता ज्यु के जनता अझै गवार छन जस्तो लाग्छ र ? कागजात सबै अध्यन गरि दिन हुन अनुरोध छ ।

आज विहानै सामाजिक संजाल फेसबुकमा लेख्दैँ एमाले नेता दलबहादुर धामीले पोष्ट गर्दै भनेे दुर्गाथली गाउँपालिकाका वडा नं. ५,६ मा विद्युतिकरणका लागि आफुले पहल गरेको "हामी जनताको काममा विश्वास गर्दछौं । बझाङ दुर्गाथली वडा नं ५ का केन्द्रीय विद्युत बल्न बाँकि रहेका जाप्रि बुढामेल बाईकाट्या गिर्पु बिन्नीबिसौना समेतका टोलहरु, वडा नं ६ चुवाबन र वडा नं ७ मा केन्द्रीय विद्युत बाल्न सफल हुनेभएका छौं । हाम्रो प्रस्तावित १,५५,३१,६४१.६९( एक करोड पच्पन्न लाख एकतिस हजार छ सय एकचालिस रुपैया उनासत्ररी पैसा) को फाईल सदर भएको छ । धेरै धेरै धन्यवाद विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका लोकेन्द्र साउद र नवराज ओझालाई ।"

तर, पालिका अध्यक्ष दिल बहादुर थापाले एमाले नेता दलबहादुर धामी प्रति लक्षित गर्दै पालिकाले गरेको शुरुगरेको कामको जस नलिन चेतावनी दिदैँ  कागजपत्र अध्ययन गरेर मात्र बोल्न भनेका छन् । उनले भने पालिकामा सबै पार्टीका नेता कार्यकर्ता, समाजसेवीहरुले दुर्गाथलीको विकासका लागि गरिने पहल लाई स्वागत गरिन्छ तर पालिकाले गरेको कार्यलाई राजनीततिक रुपमा जसलिन खोज्नु लज्जित लाग्ने विषय भएको बताएका छन् ।

विगतमा पनि दुर्गाथली गाउँपालिकाले गरेको काममा एमाले नेता धामीले मैले गरेको भन्दैँ फेसबुकमा पोष्ट गर्ने गरेका थिए । उनको कार्यशैली कहिलेकाहीँ बझाङ्गतिर जाने गएका बेला भएका कामको फोटो फेसुकमा राखेर आफ्नो पहलमा भएको भनि जसलिन खोज्नु धामीको पुरानै बानी रहेको स्थानीयहरुले बताउने गरेका छन् ।  

पालिका अध्यक्ष दिलबहादुर थापाले पहल गरेका फाइलहरु 


 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट