व्यवस्था विरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार
काठमाडौं । विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरुको आरोप छ ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए । सो क्रममा उनीहरूले व्यवस्था विरोधी शक्ति सल्बलाउनुमा सरकारको असक्षमता जिम्मेवार रहेको आरोप लगाए ।
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताए ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषको बक्सिस नभई, नेपाली जनताले रगत साटेर प्राप्त गरेको उपलब्धि भएको स्पष्ट पारे । उनले सुशासनको अभाव, संस्थागत भ्रष्टाचार र प्रशासनिक पक्षपातका कारण जनतामा वर्तमान व्यवस्थाप्रति निराशा बढ्दै गएको उल्लेख गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस