मध्यराति त्रिचन्द्र क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

काठमाडौं, चैत १ — त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा यही चैत ५ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चित देखिएको छ। मध्यरातिको समयमा निर्वाचन कार्यालयमा नाराजुलुस गर्दै विभिन्न विद्यार्थी समूहहरूले तालाबन्दी गरेका छन्।
निर्वाचन कार्यालयमा चारवटा ताला लगाइएको छ, जसमा तीनवटा नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघसहितका आन्दोलनकारी समूहहरूले लगाएका हुन्। उनीहरूले निर्वाचन अधिकृतले मनोमानी ढंगले उम्मेदवारहरूको रोलक्रम मिलाएको भन्दै आपत्ति जनाएका छन्।
चुनावी कार्यतालिका अनुसार उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका प्रक्रिया पूरा भइसकेका छन्। तर, निर्वाचनको मिति नजिकिँदै जाँदा देखिएको यो विवादले चुनाव हुने नहुने भन्ने अन्योल सिर्जना गरेको छ।
विद्यार्थी नेताहरूले स्ववियु चुनाव नै रोक्ने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरिरहेका छन्। घटनास्थलमा थप तनाव नबढोस् भन्ने हेतुले सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आन्दोलनकारी समुहहरुले टासेको प्रेस विज्ञप्तिहरु ,

तपाईको प्रतिक्रिया दिनुहोस