त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव स्थगित

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव त्रिविले तोकिए अनुसार भोलि मतदान हुँदैछ । तर राजधानीको मुख्य क्याम्पस त्रिचन्द्र क्याम्पसमा भने नेपाली काँग्रेस निकट नेविसंघको एउटा गुटले क्याम्पसको निर्वाचन कार्यालय र मुख्य गेटैमा तालाबन्दी गर्दा निर्वाचन स्थगित भएको छ ।
आज दिउँसो पटक पटक क्याम्पस प्रशासन, निर्वाचन मण्डल र विद्यार्थी संगठनहरु विच भएको वार्ता चुनाव गराउने कुरामा सफल हुन सकेन । अहिले जारी गरिएको सूचनामा भोलि हुने चुनाव स्थगित भएको निर्वाचन अधिकृत अंगदमणि गौतमले सूचित गरेका छन् ।
निर्वाचन अधिकृतले जारी गरेको सुचना हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस