Techie IT
२०८३ असार २८, आइतबार

"जनजातिको छोरो जित्ने सम्भावना देखिएपछि रत्न राज्यमा ताला लगाइयो" – संगम लामा


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश ठूला क्याम्पसमा भोलि (मंगलबार, चैत ५ गते) का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ताला बन्दीका कारण प्रभावित भएको छ। क्याम्पसहरूमा जारी ताला बन्दीले गर्दा भोलि मतदान सम्भव नहुने देखिएको छ ।

सोमबार राति रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा नेकपा एमाले निकट अनेरास्ववियुले ताला लगाएको छ। ताला बन्दीसँगै स्ववियु निर्वाचनको कार्यतालिकामा बाधा पुगेको हो ।

यसबीच, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सभापति उम्मेदवार संगम लामाले ताला बन्दी हारको मानसिकताको उपज भएको आरोप लगाएका छन्। लामाले रैवारप्रेस सँग कुरा गर्दैं यसपालि अखिल (क्रान्तिकारी)को पक्षमा राम्रो मावल थियो । हामी जित्ने विश्वासमा थियौ । तर अकस्मात् तालाबन्दीले अचम्मित पारेको बताए । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, "निर्वाचनमा जानुको विकल्प छैन। विद्यार्थीको संस्थामाथि विरासतको धाक लाउनेहरूले देखाएको चरित्र ठ्याक्कै तिनका बाको चरित्रसँग मेल खायो।"

उनले थप आरोप लगाउँदै भनेका छन्, "एउटा जनजातिको छोरोले निर्वाचन जित्ने संभावना देखेपछि सत्ताधारी दुई दलले एकअर्कालाई दोष दिएर नाटक मञ्चन गर्नु स्वाभाविक भयो । एउटाले फर्जी कार्ड छाप्ने, अर्काले ताला लगाउने जस्ता क्रियाकलाप अत्यन्त खेदजनक छन्।"

हेर्नुहोस् ताला लगाउनको कारण वारेको विज्ञप्ति



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट