Techie IT
२०८३ असार २६, शुक्रबार

महिला सङ्घका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएकी छन् ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जीता गिरी, डा सीता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बराकोटी, नवोदिता चौधरी, भगवती केसी, मीरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटुवाल र पार्वती आचार्य रहेका छन् ।
     
उनिहरुले पारदर्शी ढङ्गले सङ्गठनका क्रियाकलापलाई अगाडि बढाउन नसकेको र सङ्गठनको साख क्रमशः ओरालो यात्रामा लागेको भन्दै सामूहिक राजीनामा दिएको जनाइएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट