बुद्ध जयन्तीमा लुम्बिनीमा ६ घण्टा ध्यान गरौं: काँग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले बुद्ध जयन्तीको अवसरमा देशका उच्च पदस्थ पदाधिकारीहरू सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरू सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गुरुङले ध्यान पर्यटन प्रवर्द्धनका लागि यस्तो कदम प्रभावकारी हुने दाबी गरे। उनले ध्यानमार्फत नेपालमा पर्यटन विकास गर्न सकिने उल्लेख गर्दै भने, “बुद्धले ६ वर्ष ध्यान गर्नुभयो, हामीले ६ घण्टामात्र ध्यान गर्दा पनि संसारभर सन्देश जान सक्छ।”
गुरुङले ध्यान पर्यटनको सम्भावनामा जोड दिँदै भने, “नेपालमा सारा सांसद, मन्त्री, प्रधानमन्त्री, सभामुख सबै ध्यान गरिरहेका छन् भन्ने सन्देश फर्कियो भने बुद्ध धर्मालम्बीहरू ह्वारह्वार्ती नेपाल आउन सक्छन् ।”
उनको प्रस्तावले लुम्बिनीलाई विश्वस्तरमा ध्यान पर्यटनको केन्द्रबिन्दु बनाउने अभिप्राय बोकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस