माओवादी केन्द्रद्वारा जगदुल्लाह हाइड्रोपावर ठेक्का छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा मिलेमतो र सेटिङ भएको भन्दै त्यसको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक खरिद नियमावली विपरीत ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको आशंका व्यक्त गरेका थिए । उनले सभामुखमार्फत सरकारसँग औपचारिक रूपमा छानबिनको माग गरेका हुन् ।
"सरकारी काम कारवाही सेटिङ र मिलेमतोबाट होइन, ऐन तथा कानुनअनुसार हुनुपर्छ," सांसद मोदीले संसद्मा बोले, "तर हाल देखिएको प्रक्रिया कानुनी मापदण्डविपरीत देखिएको छ ।"
तपाईको प्रतिक्रिया दिनुहोस