Techie IT
२०८२ वैशाख २९, सोमबार

राजावादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्न प्रचण्डको आह्वान


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजावादी शक्तिहरूले जेठ १५ गतेदेखि घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी पंक्तिलाई सक्रिय हुन आह्वान गरेका छन् ।

सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले राजावादी तथा पूर्वपञ्चहरू मिलेर गरेको आन्दोलनको योजना प्रतिक्रान्तिकारी षड्यन्त्र भएको आरोप लगाए । “हर गाउँ, हर टोलमा पुगेर उनीहरूको गतिविधि भण्डाफोर गर्नुपर्नेछ,” प्रचण्डले भने, “उनीहरूको षड्यन्त्रलाई निष्क्रिय बनाउनु आजको आवश्यक जिम्मेवारी हो ।”

प्रचण्डले वर्तमान सरकारले जनअपेक्षा विपरीत गतिविधि गरेका कारण जनतामा असन्तोष बढेको र त्यसको फाइदा राजावादीहरूले उठाउने प्रयास गरिरहेको बताए । “सरकारको उल्टो दिशाको कार्यशैलीले जनता निराश भएका छन्,” उनले भने, “त्यो असन्तुष्टिलाई राजावादीहरूले दुरुपयोग गर्न खोजेका छन्, तर समाजवादी मोर्चाको प्रहारले राजावादीको बेलुन फुटिसकेको छ।”

राजसंस्थावादी शक्तिहरूले अझै पनि दुस्साहस गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले सम्पूर्ण जनताले प्रतिवाद गर्नुपर्ने बताएका छन् । “तीनै राजाहरू होइनन्, जसले अढाई सय वर्ष देशमा निरंकुशता चलाएको ?” उनले प्रश्न गरे, “राजा र राजपरिवारको हत्या हुँदा हत्यारा पत्ता लगाउन नसक्ने कायरहरू नै आज गणतन्त्रलाई चुनौती दिन खोजिरहेका छन् ।”

उनले जनतालाई राजावादी घुर्कीविरुद्ध सचेत र संगठित भएर प्रतिकार गर्न आह्वान गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट