Techie IT
२०८२ वैशाख ३०, मंगलबार

रास्वपाकी सांसद निशा डाँगीले संसद्मा सुनाइन यी चार एजेन्डा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद्मा जनताको चाहना र आवश्यकता झल्काउने चार प्रमुख एजेन्डा आज संसदमा सुनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै उनले युवा पुस्ताको आवाज संसद्मा प्रतिनिधित्व गर्दै स्पष्ट रूपमा आफ्नो धारणा राखेकी हुन्। उनले उठाएका चार एजेन्डा यस्ता छन्:

स्थिर सरकारको आवश्यकता
सांसद डाँगीले देशमा राजनीतिक स्थायित्वको खाँचो रहेको भन्दै स्थिर र उत्तरदायी सरकारको माग गरेकी छन् ।

पुराना नेताबाट निराशा
उनले भनिन्, "अब हजुरबुबाका नेताबाट केही आशा गर्न सकिंदैन।" डाँगीको यो भनाइले पुरानो राजनीतिक नेतृत्वप्रति युवा पुस्ताको विश्वास कमजोर भइरहेकोबताएकी छन ।

रोजगारी र गुणस्तरीय शिक्षा
उनले युवा पुस्ताका लागि रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् ।

सुशासनको माग
डाँगीले भ्रष्टाचारविहीन, पारदर्शी र जवाफदेही शासन प्रणालीको माग गर्दै सुशासन कायम गर्न सरकारप्रति आग्रह गरिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट