Techie IT
२०८२ असोज २, बिहीबार

राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन - सचेतक परियार


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै परियारले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको घटनालाई स्मरण गर्दै, नागरिकको आक्रोश सिधै राज्यप्रति मात्र नभई प्रतिनिधिमाथि पनि देखिएको उल्लेख गरे। “म त्यो दिन सरकारी गाडीमा थिएँ, त्यसैले निशानामा परेँ,” उनले भने, “यो घटनाले जनतासँग राज्यको भावनात्मक सम्बन्ध नरहेको पुष्टि गर्छ।”

सांसद परियारले नेपाली समाज अझै समृद्ध नहुनु नै नागरिक असन्तोषको मूल कारण रहेको बताए । “२००७ सालदेखि नै नेताहरूले विकासको भाषण गर्दै आएका छन्, तर जनताले त्यो विकासको अनुभूति गर्न सकेका छैनन्,” उनले भने, “यो एक गम्भीर र जटिल प्रश्न हो – आखिर किन विकास भएन?”

“जबसम्म राज्य र जनताबीचको सम्बन्ध भावनात्मक र विश्वासमा आधारित हुँदैन, तबसम्म समृद्धिको कुरा केवल भाषणमै सीमित हुन्छ,” परियारले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट