Techie IT
२०८२ जेष्ठ ११, आइतबार

देउवाले बोलाए पदाधिकारी बैठक


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान ९ बजेका लागि पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा क्रियाशील सदस्यता नवीकरणको अवस्था र प्रगति विवरणबारे छलफल हुने छ । उक्त विषयमा महासचिव गगन थापाले ब्रिफिङ गर्नेछन् । थापा सदस्यता व्यवस्थापन समितिका संयोजक समेत हुन् ।

“महासचिवज्यूले क्रियाशील सदस्यता नवीकरणको हालसम्मको विवरण पेश गर्नुहुनेछ,” पौडेलले भने । कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

बैठकमा हालैका समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको पक्राउपछि गृहमन्त्रीको सचिवालय समेत विवादमा तानिएको छ । यस विषयमा पनि पदाधिकारी बैठकमा चर्चा हुने पौडेलले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट