Techie IT
२०८२ असोज १, बुधबार

प्रतिनिधिसभा बैठक आज बस्दै, गृहमन्त्रीको राजीनामाको मागमा प्रतिपक्षी अडिग


प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूको संसद अवरोध कायमै रहेकाले बैठकमा फेरि पनि तनाव हुने संकेत देखिएको छ ।

यसअघि हिजोका लागि तोकिएको बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा माग गरेका थिए । लेखक भिजिट भिसा प्रकरणमा मुछिएका कारण उनी पदमा बस्न नहुने भन्दै ती दलहरूले संसद चल्न दिइरहेका छैनन् ।

हिजो पहिलो पटक संसद ३० मिनेटका लागि स्थगित गरिएपछि दिउँसो २ः३० बजे पुनः बैठक बस्ने भनिएको थियो । तर, प्रतिपक्षीको अडान कायमै रहेपछि बैठक बस्न नसक्दा सूचना टाँस गर्दै बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

संसद अवरोधका कारण सोमबार प्रस्तुत गरिनुपर्ने आर्थिक सर्वेक्षण पनि प्रस्तुत हुन सकेन । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नु अघिको औपचारिक कार्यक्रमका रूपमा सर्वेक्षण ल्याउने तयारी गरेका थिए । उक्त कार्यक्रम आजको बैठकमा प्रस्तुत हुने भएको छ ।

प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र स्वतन्त्र छानबिन आयोग गठनको माग गर्दै संसदमा अडान लिएकोले आजको बैठक पनि असहज बन्ने संकेत देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट