Techie IT
२०८२ जेष्ठ २०, मंगलबार

राजावादीहरू जनतालाई भ्रममा पार्न खोज्दैछन् : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताएका छन् ।

पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताएका हुन् ।

“गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ”, अध्यक्ष दाहालले भने, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।”

मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट