Techie IT
२०८२ असार ७, शनिबार

बजेट किसानमैत्री छैन - उपमहासचिव बस्नेत


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट किसानमैत्री नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनको भरतपुरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) द्वारा आयोजित ४८औं जुगेडी किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले बजेटले किसानलाई अन्याय गरेको आरोप लगाए।

उनले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षका रूपमा प्रस्तुत भएको र सरकारसँग दुई बुँदे सहमति गरेको जनाउँदै, यदि सो सहमति ३० दिनभित्र कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

“यदि ३० दिनभित्र सहमति कार्यान्वयन नगरे सरकारविरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ,” बस्नेतले भने, “तर, हामी आशावादी छौं कि छिट्टै उच्चस्तरीय छानबिन समिति बन्नेछ।”

किसान आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा जनयुद्धको निर्णायक योगदान रहेको उल्लेख गर्दै बस्नेतले समाजको बदलिँदो मूल्य र आवश्यकताअनुसार किसान आन्दोलनको स्वरूप पनि बदलिनुपर्ने आवश्यकता औंल्याएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट