Techie IT
२०८२ असार १४, शनिबार

कम्युनिस्ट आन्दोलन दिशाहीन बन्दैछ: प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा गम्भीर विचलन देखिएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक पक्षमा व्यापक विचलन देखिन थालेको उल्लेख गरेका हुन् ।

उनले प्रारम्भमा कम्युनिस्ट पार्टी स्थापना गर्दा देखिएको त्याग, तपस्या, आदर्श र वर्गमुक्तिप्रतिको समर्पण भाव अहिले हराउँदै गएको धारणा राखे । जनताको सेवा र वर्गमुक्तिका लागि समर्पित हुने संकल्प अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थको दौडमा बिलाएको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, “आजभोलि आन्दोलन र पार्टीमा सैद्धान्तिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलन स्पष्ट देखिन्छ। हामीले जुन आदर्श बोकेर कम्युनिस्ट पार्टी स्थापना गरेका थियौँ, त्याग र तपस्याका साथ जनताको सेवामा लागेको त्यो भावना हराउँदै गएको छ। अहिले पद, स्वार्थ र प्रतिष्ठाको लागि तँछाडमछाड मात्र भइरहेको छ।”

उनले हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि व्यक्तिगत स्वार्थ र प्रतिस्पर्धा बढेको बताए। विचार, वर्ग र समुदायप्रति समर्पण हुनु पर्नेमा अहिले त्यो भावना कमजोर भएको उनको टिप्पणी थियो।

यदि यही अवस्था यथावत् रह्यो भने, अध्यक्ष दाहालको भनाइमा, कम्युनिस्ट वर्गले देखेको सपनाहरू पूरा हुने सम्भावना टाढिँदै जानेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट