Techie IT
२०८२ असार २२, आइतबार

बागमती प्रदेशसभामा विधेयक पारित


बागमती प्रदेशसभाको आज बसेको बैठकले विधेयक पारित गरेको छ ।  

हिजोको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेकामा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक पक्षमा छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको हो ।

बैठकमा मन्त्री काफ्लेले प्रदेशसभा सदस्यहरूको भावनाको कदर गर्दै विनियोजित बजेटलाई सन्तुलित र जनताको चाहनाअनुसार बहुवार्षिक योजना तथा भौतिक पूर्वाधार विकासलाई समानुपातिक रूपमा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताएका थिए ।

बैठकमा प्रदेशसभा सदस्यहरू रत्नप्रसाद ढकाल, उद्धव थापा, सुरेन्द्रराज गोसाइ र कृष्णप्रसाद शर्मा खनालले प्रदेशसभाको बैठक निर्धारित समयमा गर्न सरकार उदासिन देखिएकाले प्रतिपक्षी दलहरूसँग छलफल गरेर मात्र विधेयकमाथिको बैठक प्रारम्भ गर्न ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक यही असार २२ गते ११ः०० बजे बस्ने तय भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट