Techie IT
२०८२ भाद्र ३०, सोमबार

राज्यमन्त्री अरुण चौधरी आज राजीनामा दिँदै, नाउपा सरकारबाट बाहिरिने


नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट संघीय सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुण चौधरी आज पदबाट राजीनामा दिन लागेका छन्।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार मन्त्री चौधरीले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी गरेका छन्।

“हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णयमा पुगेका छौं,” अध्यक्ष श्रेष्ठले भनिन्, “त्यसअनुसार पर्यटन राज्यमन्त्रीज्यू आज प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा बुझाउनुहुन्छ।”

शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि पार्टीको यो कदम सार्वजनिक भएको हो। चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्रीका रूपमा कार्यरत छन्।

सरकारबाट बाहिरिएसँगै नाउपा अब प्रतिपक्षको भूमिकामा रहने भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट