Techie IT
२०८३ असार १६, मंगलबार

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको निर्देशनमा हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको छ। मङ्सिर ६ गतेदेखि सुरु भएको यो कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम अन्तर्गत १२ वर्ष उमेर माथिका र खोप लगाउन छुटेकाहरुलाई लक्षित गरिएको छ। जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतका अनुसार, खोप लगाउनका लागि प्रत्येक वडामा तीन स्वास्थ्यकर्मी सहित स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ। गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले वडावडामा पुगेर खोप अभियानलाई सहयोग गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट