Techie IT
२०८२ श्रावण ११, आइतबार

चितवनमा भोलिदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने

रोपाईंको समयमा वर्षा नहुनुका कारण सिँचाइ ग्राहकको लोड अस्वाभाविक रूपमा बढेपछि विद्युत् आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ ।


नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्र चितवनले भोलि साउन ११ गतेदेखि लागू हुनेगरी दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा वर्षा नहुनुका कारण सिँचाइ ग्राहकको लोड अस्वाभाविक रूपमा बढेपछि विद्युत् आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ ।

लोडसेडिङ प्रभावित क्षेत्रहरूमा नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरू पर्छन् ।

चनौली वितरण केन्द्रका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट सञ्चालित ३३ केभी डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पिएरसम्म मात्रै भए पनि हाल सो लाइनमार्फत ४५० एम्पिएरसम्म विद्युत् प्रवाह भइरहेकाले सिस्टम ओभरलोड भएको छ । यस्तो अवस्था कायम रहँदा थप क्षति हुन सक्ने भएकाले लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

लोडसेडिङ समयतालिका यसप्रकार छ:
नारायणी–माडी फिडरहरू: बिहान ६:००–९:०० र दिउँसो ३:००–६:००

मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू: बिहान ९:००–१२:०० र बेलुका ६:००–९:००

जगतपुर–रामपुर फिडरहरू: दिउँसो १२:००–३:०० र राति ९:००–१२:००



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट