Techie IT
२०८२ चैत्र ७, शनिबार

प्रहरी अधिकृतहरूको तालिमको दीक्षान्त समारोह सम्पन्न


काठमाडौं, २२ असोज - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा मंगलबार आयोजित एक समारोहबीच प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

समारोहमा आईजीपी कुँवरले तालिमका क्रममा उत्कृष्टता हासिल गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभयो। तालिममा सर्वप्रथम स्थान हासिल गरेका प्राविधिक प्रहरी निरीक्षक डा. अरुण जोशी, सर्वद्वितीय डा. संजिब खड्का, सर्वतृतीय डा. बिनिता बस्नेत तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, आईजीपी कुँवरले तालिमका गतिविधिहरू समेटिएको पुस्तक ‘संकल्प’ को विमोचन पनि गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरीको भूमिकालाई महत्वपूर्ण र प्रतिष्ठित भनाइ उल्लेख गर्नुभयो। उहाँले नेपाल प्रहरीलाई राष्ट्रको एक मात्र सुरक्षा निकायको रूपमा प्रस्तुत गर्दै अपराध रोकथाम र अनुसन्धानका साथै विपद् व्यवस्थापन तथा अन्य संवेदनशील अवस्थाहरूमा अग्रपंक्तिमा रहेर कार्य गर्ने जिम्मेवारी रहेको कुरा जोड दिनुभएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट