Techie IT
२०८२ भाद्र १८, बुधबार

केटा साथीको घर गएकी किशोरीको मृत्यु, प्रहरी अनुसन्धान जारी


सांकेतिक

ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित बोझेपोखरीमा केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार ती किशोरी बुधबार दिउँसो १८ वर्षीय आर्यन पाण्डेको घर गएकी थिइन्। सोही क्रममा उनी बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो, तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यस सम्बन्धमा आर्यन पाण्डेलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ। मृतक किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट