Techie IT
२०८२ श्रावण २९, बिहीबार

आज अन्तर्राष्ट्रिय युवा दिवस, यसपालिको नारा के हो?


आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको दिवस ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ (Local Youth Actions for the SDGs and Beyond) भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदैछ।

यो नारा समुदाय स्तरमा युवाले अगुवाइ गर्ने ती पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता र सम्मानजनक रोजगारी प्राप्त गर्न सहयोग पुर्‍याउँछन्। यस्ता पहलहरूले स्थानीयदेखि विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्ने उद्देश्य राख्छन्।

युवासम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको हो। त्यसयता सन् २००० देखि विश्वभर विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदै आएको छ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाहरूको पहलमा पहिलो पटक सन् २००४ मा युवा दिवस मनाउन थालिएको हो। सरकारी तहमा भने विसं २०७३ देखि राष्ट्रिय युवा परिषद्को अगुवाइमा यो दिवस मनाउन सुरु गरिएको हो। सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट