Techie IT
२०८२ श्रावण २८, बुधबार

च्याम्पियन रविन्द्र र राष्ट्रिय क्रिकेटर सम्झनालाई बझाङ्गी समाजले भोलि नगद पुरस्कारसहित सम्मान गर्ने


बझाङ्गी समाज काठमाडौंले भोलि श्रावण २८ गते काठमाडौंको दियो ब्याङ्क्वेट, धुम्वाराहीमा एमएनएफ च्याम्पियन रविन्द्र ढाँट र नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउण्डर सम्झना खड्का लाई सम्मान गर्ने भएको छ । कार्यक्रम बिहानको ११ बजे देखि शुरु हुने बताइएको छ ।

एमएमए फाइटर रविन्द्र र क्रिकेटर सम्झना बझाङ्गका स्थानीयवासी हुन् ।

फाइटर ढाँटले हालै भारतको नोयडामा सम्पन्न म्याट्रिस फाइट नाइट–१७ (MFN-17) मा भारतीय खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका थिए । सम्झनाले एसिया कप २०२४ मा युएई विरुद्ध ४५ बलमा नकआउट ७२ रन बनाएर नेपालको इतिहासमा पहिलो एसिया कप दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । बझाङी समाजले जिल्लावासी दुबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च राखेको प्रति बधाई सहित नगद पुरस्कारले सम्मान गर्ने जनाएको छ । बझाङी समाजले बझाङ्गबाट विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिभाहरूलाई सम्मान र सहयोग गर्दै आएको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट