Techie IT
२०८२ भाद्र ७, शनिबार

बझाङी समाज काठमाडौंले जयपृथ्वी जयन्ती मनाउँदै, १५औँ साधारण सभा पनि आजै


बझाङी समाज काठमाडौंले मानवतावादी नेता तथा “एशियाका तारा” भनेर परिचित जयपृथ्वी बहादुर सिंहको जन्मजयन्ती आज विशेष कार्यक्रमसहित मनाउने भएको छ।

समाजका अनुसार कार्यक्रम बिहान ११ः०० बजेदेखि धुम्बाराहीस्थित दियो महल पार्टी प्यालेसमा सुरु हुनेछ। कार्यक्रममा काठमाडौं उपत्यकामा बसोबास गर्ने सम्पूर्ण बझाङी दाजुभाइ तथा दिदीबहिनीलाई सहभागी हुन आग्रह गरिएको छ।

यस अवसरमा समाजको १५औँ वार्षिक साधारण सभा तथा अधिवेशन २०८२ पनि सम्पन्न हुने भएको छ। सभामा विविध सांस्कृतिक कार्यक्रम, देउडा प्रस्तुति, साथै हरितालिका तीज २०८२ को अवसरमा महिलाहरूमाझ दर खाने कार्यक्रम समेत समावेश गरिएको छ।

यस अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। विधानअनुसार सदस्यहरूले चुन्ने तथा चुनिने अधिकार प्रयोग गर्ने भएकाले सम्पूर्ण सदस्यहरूलाई उपस्थित भई आफ्नो अधिकार प्रयोग गर्न समाजले आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट