Techie IT
२०८३ असार २८, आइतबार

राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गर्ने उखु किसानहरूको निर्णय


आन्दोलनरत उखु किसानहरूले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन्। सरकारले मागविरुद्ध बेवास्ता गरेको भन्दै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाका संघहरूको शनिबार बसेको संयुक्त बैठकले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो।

महासंघले जारी गरेको विज्ञप्तिमा यस आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकारले, अर्थ मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताइएको छ।

महासंघले माग गरेको छ कि बाँकी रहेको उखु अनुदान विनासर्त रूपमा किसानलाई उपलब्ध गराइयोस्, उखुको मूल्य निर्धारण गर्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरियोस् र किसानले सडकमा नभई घर–खेतमा फर्कने वातावरण बनाउन आवश्यक व्यवस्था गरियोस्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट