काठमाडौँमा ठूलो संख्यामा सेना भित्रियो

काठमाडौँमा ठूलो संख्यामा नेपाली सेना परिचालित गरिएको छ। मुख्य रूपमा सेनाको उपस्थिति भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास र निर्मल निवास लगायतका क्षेत्रमा देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन बाहेक सडकमा आवतजावतमा कडाइ गरिएको छ ।
उपत्यकामा पूर्ण कर्फ्यु जारी छ । सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार गठन र प्रधानमन्त्री नियुक्तिका विषयमा छलफल भइरहेका बेला उपत्यकाबाहिरबाट पनि सुरक्षा बल काठमाडौँतर्फ ल्याइँदैछ ।
यस क्रममा बख्तरबन्द गाडीहरू पनि उपत्यकाबाहिरका विभिन्न क्षेत्रबाट काठमाडौँतर्फ ल्याइँदै छन् । हेटौँडाबाट सेतो रङका बख्तरबन्द गाडीहरू राजधानीतर्फ प्रवेश गरिरहेका छन् । काभ्रेको पाँचखालसहित अन्य ब्यारेकबाट पनि सेनाको ठूलो शक्ति केन्द्रित गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस