Techie IT
२०८२ असोज ६, सोमबार

जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु - प्राधिकरण


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार परीक्षण बिना रङ्ग रोगन गरी प्रयोग गर्दा अझ ठूलो जोखिम हुन सक्ने भएकाले प्राविधिक परीक्षणबाट सुरक्षित पुष्टि भएपछि मात्र प्रयोग गर्न आग्रह गरिएको हो।

उनका अनुसार बढी क्षति पुगेका संरचनाको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगन नगर्न र नगराउन समेत अनुरोध गरिएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु/नगराउनु हुन आग्रह गर्दछौँ।”

प्रहरीको प्रारम्भिक विवरणअनुसार जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने एक हजार ५०० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।

प्राधिकरणले क्षतिको मूल्याङ्कनका लागि प्रारूप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरी काम प्रारम्भ गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट