काठमाडौं उपत्यकामा सवारी आवागमन तीन दिनका लागि रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवागमन तीन दिनका लागि रोक लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद् कार्यप्रमुख रामबहादुर केसीका अनुसार निरन्तरको वर्षाका कारण यात्रामा जोखिम देखिएकाले उपत्यका भित्रिने र बाहिरिने सबै सवारी साधन अस्थायी रूपमा रोक लगाइएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि वर्षाको उच्च जोखिमलाई ध्यानमा राख्दै उपत्यका भित्रने तथा बाहिरिने सबै राजमार्ग आगामी तीन दिनसम्म पूर्णरूपमा बन्द रहने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस