Techie IT
२०८२ असोज २१, मंगलबार

काठमाडौँबाट बाहिरिन उद्धार र आपत्कालीन गाडीलाई मात्र अनुमति


आज दिउँसोबाट काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । टोखा–छहरे नाका बाहेक अन्य नाकाबाट बाहिरिने सवारीलाई पूर्णरूपमा रोकिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार नागढुंगा, साँगा, फर्पिङ, भट्टेडाँडा लगायतका नाकाबाट उपत्यका बाहिर जाने सवारीलाई रोक लगाइएको छ। नुवाकोटतर्फ जाने टोखा–छहरे सडक अवरुद्ध नभएकाले त्यहाँबाट सवारी सञ्चालन सुचारु रहेको छ।

अविरल वर्षाका कारण काठमाडौँ बाहिर जाने सवारीलाई एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी तथा सुरक्षाकर्मी सवार गाडीमा मात्र अनुमति दिइएको छ। एसपी सुवेदीले भने, “युनिफर्म लगाएका सुरक्षाकर्मी सवार गाडीहरूलाई मात्र उपत्यका बाहिर जान दिएका छौँ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्भावित जोखिम न्यूनीकरणका लागि एसपी सुवेदीको नेतृत्वमा उद्धार टिम समेत गठन गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट