Techie IT
२०८२ मंसिर २९, सोमबार

माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि


काठमाडौं – माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईका अनुसार प्रहरीले गरेको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको हो।

भुसाललाई सुधार केन्द्र (रिह्याव सेन्टर) मा राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रवक्ता भट्टराईले बताए।

गत वर्ष पनि भुसाल गाँजा सेवनको अवस्थामा पक्राउ परेका थिए। यसरी पक्राउ परेका व्यक्तिलाई उपचारका लागि रिह्याव सेन्टरमा पठाउने कानुनी व्यवस्था अनुसार उनलाई पुनः रिह्यावमा पठाउने तयारी भइरहेको भट्टराईले जानकारी दिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट