बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि मन्त्री घिसिङ आज झापा जाँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका क्रममा आज झापा जाँदैछन्।
विपद् संकटग्रस्त इलामको अवस्था अवलोकन गरेर फर्किएका मन्त्री घिसिङ आज झापातर्फ प्रस्थान गर्न लागेका हुन्।
झापाको कन्काई र बिरिङ खोलामा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका लगायतका क्षेत्रहरू गम्भीर रूपमा प्रभावित भएका छन्। मन्त्री घिसिङले ती क्षेत्रहरूको अवलोकन गरी आजै साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
असोज १८ र १९ गतेको अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्ला बाढीपहिरो र डुबानले व्यापक रूपमा प्रभावित भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस