Techie IT
२०८२ मंसिर २१, आइतबार

Bipin Joshi

हमास–इजरायल युद्धविराम: जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम सार्वजनिक


हमास र इजरायलबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरू रिहा गरिने भएको छ। यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरिएको छ। सो सूचीमा नेपालका विपिन जोशीको नाम समेत समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि सीएनएन ले विपिनसहित दुई जनाको अवस्थाबारे अनिश्चितता रहेको समाचार प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायतका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशी पनि रहेको उल्लेख गरेका छन्।

शुक्रबार भएको युद्धविराम सम्झौतापछि सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। सो क्रममा इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको बताइएको छ। जीवित रहेको भनिएका २२ बन्धकमध्ये विपिन फिर्ता आउने आशामा सम्पूर्ण नेपाली समाज उत्सुक र प्रतीक्षारत छ।

विपिनसँगै जीवित ठानिएका अन्य व्यक्तिहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ–चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट