Techie IT
२०८२ मंसिर २५, बिहीबार

को हुन् संसद भवन जलाएर तेरो देश जल्यो हेर भन्ने अमन प्रताप ?


पछिल्ला दिनमा सामाजिक सञ्जालमा चर्चामा आएका निर्देशक अमनप्रताप अधिकारी संसद भवनमा आगजनी हुँदा खिचिएको भिडियोका कारण विवादमा तानिएका छन्। उक्त भिडिओमा उनले जलिरहेको संसद भवनतर्फ औंला देखाउँदै उत्तेजक र अश्लील शब्द प्रयोग गर्दै ‘देखिस्, जल्यो तेरो देश’ भन्ने अभिव्यक्ति दिएका छन्।

गत भदौ २४ गते नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अधिकारीले सो भिडियो खिचेका थिए। भिडिओ उनले आफ्नै फेसबुकमार्फत सार्वजनिक गर्दै क्याप्सनमा “This is how parliament was taken down” लेखेका छन्।

भिडिओ सार्वजनिक भएपछि उनीमाथि व्यापक आलोचना सुरु भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीजस्ता सार्वजनिक व्यक्तित्वबाट असंयमित र अश्लील व्यवहार आउनु लाजमर्दो भएको प्रतिक्रिया दिएका छन्।

अमनप्रताप अधिकारीका पिता स्वर्गीय क्षेत्रप्रताप अधिकारी प्रख्यात कवि, गीतकार तथा पूर्व सहायक मन्त्री थिए। २०४६ सालको पहिलो जनआन्दोलन दबाउन ‘प्रतिकार समिति’ गठन गर्नेहरूमा उनी पनि संलग्न रहेको मल्लिक आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले उनीमाथि कारबाहीको सिफारिस गरे पनि दरबारको निकटताले उनी जोगिएका थिए।

यस पृष्ठभूमिले गर्दा कतिपयले अमनप्रतापलाई ‘#NepoKid’ वा ‘#NepoBaby’ भनेर सम्बोधन गर्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार “पञ्चायती शक्तिबाट लाभ लिएका परिवारका सन्तानहरूले अहिले लोकतन्त्र र संसद जलाउँछु भन्दै देशप्रति विद्रोहको नाटक गर्नु दोहोरो चरित्र” हो।

अमनप्रताप अधिकारी विभिन्न टेलिभिजन रियालिटी शोका निर्देशक र प्रस्तोता हुन्। उनले ‘द पोयट आइडल’ लगायतका कार्यक्रमको परिकल्पना र निर्देशन गरेका थिए।

कलाक्षेत्रका कतिपय व्यक्तिहरूले भने उनको अभिव्यक्तिलाई ‘भावनात्मक आक्रोशको परिणाम’ भन्दै बचाउ गरेका छन्। उनका समर्थकहरूका अनुसार संसद भवन जलाउने काममा उनले भौतिक सहभागिता नभई, भ्रष्टाचार र अन्यायविरुद्धको असन्तोषको रूपमा टिप्पणी गरेका मात्र हुन्।

तर, अर्का पक्षले भने यस्ता सार्वजनिक व्यक्तित्वबाट अभिव्यक्ति सन्तुलित र जिम्मेवार हुनुपर्ने बताउँदै कानुनी कारबाहीको मागसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट