Techie IT
२०८२ माघ १५, बिहीबार

विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दा गर्दै जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन


स्व. कमल गौतम

नेकपा (एमाले) निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भएको विरोध कार्यक्रममा भाषण गर्दै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए।

उद्योगहरूमा ट्रंकलाइन विवादका कारण विद्युत् आपूर्ति रोकिएको विरोधमा उद्योगी र मजदुरले संयुक्तरूपमा आयोजना गरेको प्रदर्शनका क्रममा गौतम ढलेका थिए। उनीलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। तर अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार ६५ वर्षीय गौतमको मृत्यु हृदयघातका कारण भएको हो।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत हुन्। सन् १९९७ (२०५४ साल) देखि पार्टी र जिफन्टमा सक्रिय रहेका गौतमका श्रीमती र दुई छोरा छन्।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा विद्युत् आपूर्ति बन्द गरेपछि उद्योगी तथा मजदुरले संयुक्तरूपमा गरेको विरोध कार्यक्रममा गौतम मजदुर पक्षबाट वक्ता रहेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट