Techie IT
२०८३ असार २६, शुक्रबार

काठमाडौंका यी ठाउँमा आज तीन घण्टा विद्युत आपूर्ति बन्द हुने


काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज केही समयका लागि विद्युत आपूर्ति बन्द गरिएको छ।

स्युटाचार–टेकु १३२ केभी लाइनको बुसबार कनेक्सनका कामका लागि बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत आपूर्ति रोकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडरका क्षेत्रमा आपूर्ति बन्द गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट