Techie IT
२०८२ कार्तिक २२, शनिबार

तीन दिनका लागि नेपाल–भारत सीमा नाका बन्द हुने


जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ।

बिहारमा मंगलबार दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सीमा बन्द गर्न लागिएको हो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, सीमा बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिनेछ। यस्तै, धनुषा, सर्लाही र रौतहटका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमा नाका बन्द रहने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार, भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने भएको हो।

सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार, सीमा बन्द रहँदा भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा सुचारु गरिनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट