Techie IT
२०८३ असार २६, शुक्रबार

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध, रनवे बत्तीमा समस्या


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ। रनवे (उडानमार्ग) का बत्तिमा प्राविधिक समस्या देखिएपछि सबै उडान रोकिएका हुन्।

विमानस्थल स्रोतका अनुसार समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ। अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई हाल आकाशमै ‘होल्ड’ गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।

समस्या समाधान भएपछि मात्र उडान सञ्चालन पुनः सुरु हुने विमानस्थल स्रोतले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट