Techie IT
२०८२ माघ १५, बिहीबार

मेलामा बहुमूल्य गरगहना नलगाउन प्रहरीको आग्रह


पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ। मेलामा पकेटमारी तथा लुटपाट जस्ता घटना हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ।

पितृका नाममा बत्ती बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्न थालेको छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा दीप प्रज्वलन गर्छन्।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन (भोलि) बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ। त्रयोदशीको रातदेखि अखण्ड दीपदानमा सहभागी भक्तजनले चतुर्दशीको बिहान शतबीज छरिन्छन्।

यस अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका विभिन्न शिवमन्दिरमा धार्मिक श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट