Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

झापामा खोला नजिक शव फेला, दुई जना पक्राउ


सांकेतिक

झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार, बिर्तामोड–७ मियाबारीस्थित रेखा खोला नजिक स्थानीयले ५२ वर्षीय आनन्द चौधरीको शव गएराति फेला पारी प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। प्रहरीले राति कानुनी प्रक्रिया पूरा गरी शव भद्रपुर प्रादेशिक अस्पताल परीक्षणका लागि पठाएको छ।

अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट