Techie IT
२०८३ असार २५, बिहीबार

आज काठमाण्डौका यी क्षेत्रमा दिउँसो १२ बजेसम्म बिजुली आपूर्ति बन्द हुने


नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाअन्तर्गत आज बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सो क्षेत्रमा बिजुली आपूर्ति बन्द रहने प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ।

कटौती हुने क्षेत्रमा मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत पर्ने ढल किवास आयोजना क्षेत्र, विमानस्थल आर्मी ब्यारेकसम्म, साथै बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दिर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिर क्षेत्रसम्मका स्थान पर्नेछन्।

यस्तै नयाँ चाबहिल–नयाँबस्ती फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिहान ७ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। यसमा चाबहिलचोक, गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्र समावेश छन्।

विद्युत् कटौतीका कारण उपभोक्तालाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। तोकिएको कार्य निर्धारित समयभन्दा अगावै पूरा भएमा विद्युत् आपूर्ति समयमै नियमित हुने पनि प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट