आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदै
‘सुरक्षित आकाश’ नारासहित आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रहरूले हरेक वर्ष सात डिसेम्बरमा यो दिवस मनाउने गरेका छन् ।
सन् १९९४ डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सव को अवसरमा पहिलोपटक यो दिवस मनाउन थालिएको हो। त्यसको दुई वर्षपछि, सन् १९९६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई औपचारिक मान्यता प्रदान गरेको थियो।
यस दिवसमा अन्तरराष्ट्रिय हवाई सेवाले विश्वका मुलुकहरूको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव यात्रालाई सहज बनाएको द्रुत हवाई यातायात सञ्जाल, र यसका लागि आइकाओले खेलेको भूमिका स्मरण गरिन्छ।
आइकाओका अनुसार दिगो विकास लक्ष्य (SDGs) २०३० हासिल गर्ने क्रममा हवाई सेवा राष्ट्रहरूलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले यस दिवसको सान्दर्भिकता झनै बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस