Techie IT
२०८२ माघ २८, बुधबार

रामेछाप बस दुर्घटनाको छानबिन माग्दै सडक अवरुद्ध


रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। दुर्घटनामा १२ जनाको ज्यान गएको भए पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले चासो नदेखाएको आरोप लगाउँदै उनीहरूले बुधबार बिहानदेखि सडक बन्द गराएका हुन्।

स्थानीयहरूले काठमाडौँबाट गएका सवारीसाधनलाई खुर्कोटमा, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशेमा र गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमै रोकेका छन्।

दुर्घटनाको निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचारलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको स्थानीयवासीको भनाइ छ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट