Techie IT
२०८२ फागुन ७, बिहीबार

२०१५ सालको पहिलो आमनिर्वाचनको सम्झना दसौँ निर्वाचन दिवस मनाइँदै


नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाएको ऐतिहासिक दिनको स्मरणमा भोलि विहिवार दसौँ निर्वाचन दिवस मनाइँदै छ।

प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते नेपालमा पहिलोपटक आमनिर्वाचन सम्पन्न भएको थियो। त्यसयता संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोग ले स्थानीय तहदेखि राष्ट्रपतिसम्मका निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्दै आएको छ।

आयोग हाल यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ।

वर्तमान संविधान जारी भएपछि आयोगले दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न गरिसकेको छ। त्यस्तै, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन तथा उपनिर्वाचन सम्पन्न भइसकेका छन्।

यी निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

इतिहासका विभिन्न कालखण्ड र राजनीतिक परिवर्तनका प्रत्येक उपलब्धिलाई संविधान र कानुनबमोजिम निर्वाचन प्रक्रियाबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व आयोगले निरन्तर पूरा गर्दै आएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमै केन्द्रित हुनुपरेकाले यस वर्ष कान्तिपथस्थित आयोग परिसरमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट