Techie IT
२०८२ चैत्र १०, मंगलबार

नाबालिकाको अन्तरङ्ग सामग्री फैलाउने युवक पक्राउ


सामाजिक सञ्जालको दुरुपयोग गरी एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय अशोक लामालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।

टेलिग्राममार्फत नाबालिकाका अन्तरङ्ग तस्बिर तथा भिडियोहरू प्रसारण भइरहेको सूचनाका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो। पीडित नाबालिकाले आफ्ना इन्स्टाग्राम साथीहरूमार्फत निजी तस्बिर सार्वजनिक भइरहेको जानकारी पाएपछि साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

ब्यूरोले गरेको प्राविधिक विश्लेषणबाट ती सामग्री प्रसारणमा लामाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ परेका लामामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाइएको छ।

उनीलाई गत चैत ८ गते काठमाडौंबाट पक्राउ गरी चैत ९ गते जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो। अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट