Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

भिजिट भिसामा विदेश जाँदा के के चाहिँन्छ हेर्नुहोस् नयाँ नियम


भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि आवश्यक कागजातबारे सरकारले थप स्पष्टता जारी गरेको छ। अब भिजिट भिसामा यात्रा गर्नेहरूले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट, सम्बन्धित देशको भिसा र स्वघोषणा फारम भए पुग्ने भएको छ।

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रस्थान अनुमति प्रक्रियाबारे स्पष्ट पार्दै कुनै पनि थप बिल वा रसिद पेश गर्नुपर्ने अनिवार्य व्यवस्था नरहेको जनाएको छ। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा श्रमिकहरूले अतिरिक्त कागजात देखाउनुपर्ने भन्ने हल्ला फैलिएपछि सर्वसाधारणमा अन्योल बढेको थियो।

सोही अन्योल हटाउन विभागले सार्वजनिक सूचना जारी गर्दै भिजिट भिसा तथा वैदेशिक रोजगारीका लागि आवश्यक कागजातहरूबारे प्रष्ट पारेको हो।

विभागका अनुसार, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार विभाग बाट जारी गरिएको श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र पेश गरे पुग्नेछ। यसबाहेक अन्य कुनै अतिरिक्त कागजात वा बिल-रसिद अध्यागमन कार्यालयमा बुझाउनुपर्ने आवश्यकता छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट